नियम ३३
अध्ययन, तालिम वा अध्ययन भ्रमणको निमित्त मनोनयनको आधारहरू
अध्ययन, तालिम वा अध्ययन भ्रमणको निमित्त कर्मचारी मनोनयन गर्दा देहायको आधारमा मनोनयन गरिनेछ ः-
(क) सचिवालयको लागि आवश्यक अध्ययन, तालिम वा अध्ययन भ्रमणको विषयमा कर्मचारीलाई मनोनयन गर्दा शैक्षिक योग्यता, जेष्ठता, काम गरेको अनुभव र कार्यसम्पादनको मूल्याङ्कन बापत बढी अङ्क पाउने कर्मचारी,
(ख) अध्ययन, तालिम वा अध्ययन भ्रमणको लागि प्राप्त छात्रवृत्तिमा मनोनयन गर्दा तोकिएको आवश्यकतालाई प्राथमिकता दिई शैक्षिक योग्यता, जेष्ठता, काम गरेको अनुभव र कार्यसम्पादनको मूल्याङ्कन बापत बढी अङ्क पाउने कर्मचारी,
(ग) तीन वर्ष स्थायी सेवा अवधि पूरा भएको, तर खण्ड (ग) बमोजिमको सेवा अवधि पुगेका कर्मचारीहरूबाट मनोनयनको लागि तोकिएको आवश्यकता पूर्ति हुन नसक्ने अवस्थामा सोभन्दा कम अवधि सेवा गर्ने कर्मचारीलाई पनि मनोनयन गर्न वाधा पुग्ने छैन ।
(घ) स्नातक, स्नातकोत्तर वा कुनै शैक्षिक उपाधिको अध्ययनको हकमा पैंतालीस वर्ष उमेर ननाघेको ।
स्पष्टीकरण :- यस परिच्छेदको प्रयोजनको निमित्त –
(१) “अध्ययन” भन्नाले सेवासँग सम्बन्धित विषयमा स्नातक, स्नातकोत्तर वा कुनै शैक्षिक उपाधि हासिल गर्नको निमित्त गरिने अध्ययनलाई जनाउनेछ ।
(२) “तालिम” भन्नाले स्नातक, स्नातकोत्तर वा कुनै शैक्षिक उपाधि प्रदान गरिने बाहेक कुनै सँगठित संस्थाद्वारा निश्चित पाठ्यक्रम अनुसार निश्चित अवधिमा सञ्चालन हुने प्रशिक्षण कार्यक्रमलाई जनाउनेछ ।
(३) “अध्ययन भ्रमण” भन्नाले अध्ययन र तालिम बाहेक ६ हप्तामा नबढ्ने गरी आयोजना हुने गोष्ठी, सेमिनार वा अवलोकन भ्रमणलाई जनाउनेछ ।